Skip to content
  • Home
    • Message privatelyStay connectedConnect in groupsExpress yourselfWhatsApp for business
  • Privacy
  • Help Center
  • Blog
  • For Business
  • Download
Download
Terms & Privacy Policy2025 © WhatsApp LLC
WhatsApp Main PageWhatsApp Main Page
    • Message privately

      End-to-end encryption and privacy controls.

    • Stay connected

      Message and call for free* around the world.

    • Connect in groups

      Group messaging made easy.

    • Express yourself

      Say it with stickers, voice, GIFs and more.

    • WhatsApp business

      Reach your customers from anywhere.

  • Privacy
  • Help Center
  • Blog
  • For Business
  • Apps
Log inDownload

WhatsApp गोपनीयता नीति

लागू हुने मिति २०२१ जनवरी ४

आर्काइभ संस्करणहरू

तपाईं यूरोपेली क्षेत्रमा बस्नुहुन्छ भने WhatsApp Ireland Limited ले तपाईंलाई यो सेवाका सर्त र गोपनीयता नीति अन्तर्गत सेवाहरू प्रदान गर्छ।

तपाईं UKमा बस्नुहुन्छ भने WhatsApp LLC ले तपाईंलाई यो सेवाका सर्त र गोपनीयता नीति अन्तर्गत सेवाहरू प्रदान गर्छ।

WhatsApp सम्बन्धी कानूनी जानकारी

तपाईं युरोपेली क्षेत्र वा युके बाहिर बस्नुहुन्छ भने WhatsApp LLC ("WhatsApp," "हाम्रो," "हामी" वा "हामी आफू") ले तपाईंलाई हाम्रा सेवाहरू यस सेवाका सर्तहरू र गोपनीयता नीतिअन्तर्गत प्रदान गर्छौं।

हाम्रो गोपनीयता नीति ("गोपनीयता नीति") ले हामीले हाम्रा सेवाहरू प्रदान गर्ने तरिकासम्बन्धी जानकारीसहित हाम्रो डेटा अभ्यासहरू व्याख्या गर्न मद्दत गर्दछ।

उदाहरणका लागि, हाम्रो गोपनीयता नीतिले हामीले के जानकारी सङ्कलन गर्छौ र यसले तपाईंलाई कसरी असर पार्छ भन्ने बारेमा व्याख्या गर्छ। यसले तपाईंको गोपनीयताको रक्षा गर्न हामीले चाल्ने कदमहरूको पनि वर्णन गर्दछ, जस्तै हाम्रा सेवाहरू पठाइएका म्यासेजहरू हामीद्वारा भण्डारण नहुने र तपाईंले हाम्रा सेवाहरूमा को-कोसँग कुराकानी गर्नुहुन्छ भन्ने कुरामा तपाईंलाई नियन्त्रण प्रदान गर्ने हिसाबले तयार पार्ने।

हामी Meta कम्पनीहरू मध्ये एक हौँ। तपाईं हामीले कम्पनीहरूको यस परिवारमा जानकारी सेयर गर्ने तरिकाहरूका बारेमा यस गोपनीयता नीतिमा तल थप जान्न सक्नुहुन्छ।

यो गोपनीयता नीति अन्यथा निर्दिष्ट नभएसम्म हाम्रा सबै सेवाहरूमा लागू हुन्छन्।

कृपया तपाईंले प्रयोग गर्ने र हामीले हाम्रा सेवाहरू प्रदान गर्ने कुरा नियमन गर्ने सर्तहरू वर्णन गरिएको WhatsApp को सेवाका सर्तहरू ("सर्तहरू") पढ्नुहोस्।

माथि लगियोस्

मूख्य अपडेटहरू

तपाईंको गोपनीयताप्रतिको सम्मान हाम्रो DNA मा कोड गरिएको छ। हामीले WhatsApp सुरु गरेदेखि नै, हामीले हाम्रा सेवाहरू कडा गोपनीयता नीतिलाई ध्यानमा राखेर निर्माण गरेका छौं। हाम्रो अपडेट गरिएको सेवाका सर्तहरू र गोपनीयता नीति मा तपाईंले निम्न कुरा फेला पार्नु हुने छः

  • हामीले तपाईंको डेटा सम्हाल्ने तरिकाका बारेमा अतिरिक्त जानकारी। हाम्रा अपडेट गरिएका सर्तहरू र गोपनीयता नीतिले हामी तपाईंको डेटा कसरी प्रोसेस गर्छौं र गोपनीयताप्रतिको हाम्रो प्रतिबद्धताबारे थप जानकारी प्रदान गर्छन्। उदाहरणका लागि, हामीले उत्पादनमा थपेका हालसालैका सुविधा र कार्यक्षमता, सुरक्षा, रक्षा र अखण्डताका लागि तपाईंको डेटा कसरी प्रोसेस गर्छौं र प्रयोगकर्ता सेटिङ, मद्दत केन्द्रका लेख र तपाईं कसरी आफ्नो जानकारी व्यवस्थापन गर्न सक्नुहुन्छ भन्ने बारेमा थप जानकारी थपेका छौं।
  • व्यवसायहरूसँग अझ राम्रो तरिकाले कुराकानी गर्ने। प्रायः व्यवसायहरू आफ्ना ग्राहक र साझेदारहरूसँग कुराकानी गर्न WhatsApp नै प्रयोग गर्छन्। हामी Meta वा तेस्रो पक्षहरू प्रयोग गर्ने व्यवसायहरूसँग काम गर्छौं जसले WhatsApp मा तपाईंसँग भएको उनीहरूको कुराकानी भण्डारण गर्न र राम्रोसँग व्यवस्थापन गर्न मद्दत गर्दछ।
  • एक अर्कासँग कनेक्ट हुन सजिलो बनाउन। Meta कम्पनीहरूको स्वामित्वमा रहेर WhatsApp ले Meta का एप र उत्पादनहरूको परिवारमा उपलब्ध हुने अनुभव र एकीकरणहरू प्रदान गर्न Meta सँग साझेदारी गर्दछ।

माथि लगियोस्

हामीले सङ्कलन गर्ने जानकारी

हाम्रा सेवाहरू सञ्चालन गर्न, प्रदान गर्न, सुधार गर्न, बुझ्न र अनुकूलन गर्न, सहायता प्रदान गर्न र मार्केटिङ गर्नका लागि WhatsApp ले तपाईंले हाम्रा सेवाहरू कहिले इन्स्टल, एक्सेस र प्रयोग गर्नुहुन्छ लगायत केही जानकारी प्राप्त वा सङ्कलन गर्नुपर्ने हुन्छ।

हामीले प्राप्त गर्ने र सङ्कलन गर्ने जानकारीका प्रकारहरू तपाईंले हाम्रा सेवाहरू कसरी प्रयोग गर्नुहुन्छ भन्ने कुरामा आधारित हुन्छन्। हामीलाई हाम्रा सेवाहरू प्रदान गर्न निश्चित जानकारी चाहिन्छ र यो बिना हामी तपाईंलाई हाम्रा सेवाहरू प्रदान गर्न सक्षम हुने छैनौं। उदाहरणका लागि, हाम्रा सेवाहरू प्रयोग गर्नका लागि खाता बनाउन तपाईंले आफ्नो मोबाइल फोन नम्बर प्रदान गर्नु पर्छ।

हाम्रा सेवाहरूमा वैकल्पिक सुविधाहरू छन्, यदि तपाईंले त्यस्ता सुविधाहरू प्रयोग गर्नुभयो भने हामीलाई सो सुविधाहरू प्रदान गर्न थप जानकारी सङ्कलन गर्न आवश्यक पर्छ। उपयुक्त भएमा तपाईंलाई त्यस्तो सङ्कलनका बारेमा सूचना दिइने छ। तपाईंले सुविधा प्रयोग गर्न आवश्यक पर्ने जानकारी प्रदान नगर्न छनौट गर्नुभयो भने तपाईंले सो सुविधा प्रयोग गर्न सक्नु हुने छैन। उदाहरणका लागि, तपाईंले हामीलाई आफ्नो डिभाइसबाट आफ्नो लोकेसनको डेटा सङ्कलन गर्न अनुमति दिनुहुन्न भने तपाईं आफ्नो सम्पर्कहरूसँग आफ्नो स्थान सेयर गर्न सक्नुहुन्न। Android र iOS दुवै डिभाइसहरूमा तपाईंको सेटिङको मेनुमार्फत अनुमतिहरू दिन वा नदिन सकिन्छ।

तपाईंले प्रदान गर्नुभएका जानकारी

  • तपाईंको खातासम्बन्धी जानकारी। WhatsApp खाता बनाउनका लागि तपाईंले आफ्नो मोबाइल फोन नम्बर र आधारभूत जानकारी (तपाईंको रोजाइको प्रोफाइल नामसहित) प्रदान गर्नु पर्छ। तपाईं हामीलाई यो जानकारी प्रदान गर्नुहुन्न भने तपाईं हाम्रा सेवाहरू प्रयोग गर्न खाता बनाउन सक्नु हुने छैन। तपाईं आफ्नो खातामा अन्य जानकारी हाल्न सक्नुहुन्छ, जस्तै प्रोफाइल फोटो र "बारे" जानकारी।
  • तपाईंका म्यासेजहरू। हामी तपाईंलाई हाम्रा सेवाहरू प्रदान गर्ने सामान्य उद्देश्यका लागि तपाईका म्यासेजहरू सङ्कलन गर्दैनौँ। यसको सट्टा, तपाईंका म्यासेजहरू तपाईंको डिभाइसमा भण्डारण गरिन्छ र सामान्यतया हाम्रो सर्भरहरूमा भण्डारण हुँदैनन्। एक पटक तपाईंका म्यासेजहरू डेलिभर भएपछि सो म्यासेजहरू हाम्रो सर्भरबाट मेटिन्छन्। हामीले तपाईंका म्यासेजहरू डेलिभर गर्ने क्रममा भण्डारण गर्न सक्ने परिस्थितिहरू तलका परिदृश्यहरूमा वर्णन गरिएको छ:
    • डेलिभर नभएका म्यासेजहरू। कुनै म्यासेज तुरुन्तै डेलिभर गर्न सकिएन भने (उदाहरणका लागि, प्राप्तकर्ता अफलाइन छन् भने), हामी यसलाई हाम्रो सर्भरमा ३० दिनसम्म ईन्क्रिप्ट गरेर राख्छौं र सो अवधिमा हामी यसलाई डेलिभर गर्ने प्रयास पनि गर्छौं। कुनै म्यासेज ३० दिनसम्म पनि डेलिभर हुन सकेन भने ३० दिनपछि हामी सो म्यासेज मेटाउछौँ।
    • मिडिया फर्वार्ड गर्ने। कुनै प्रयोगकर्ताले म्यासेजमा मिडिया फर्वार्ड गर्दछ भने सो मिडिया अझ कुशल तरिकाले फर्वार्ड होस् भनेर हामी त्यो मिडियालाई हाम्रो सर्भरहरूमा इन्क्रिप्ट गरेर अस्थायी रूपमा भण्डारण गर्छौं।

      हामी हाम्रा सेवाहरूका लागि इन्ड-टु-इन्ड इन्क्रिप्सन प्रयोग गर्छौँ। इन्ड-टु-इन्ड ईन्क्रिप्शन गरिएको भन्नाले तपाईंका म्यासेजहरू हामी र तेस्रो पक्षहरूलाई पढ्नबाट रोक्न इन्क्रिप्ट गरिएका छन् भन्ने बुझिन्छ। इन्ड-टु-इन्ड इन्क्रिप्सन र व्यवसायहरूले WhatsApp मा तपाईंसँग कसरी कुराकानी गर्छन् भन्ने बारेमा थप जान्नुहोस्।
  • तपाईंका कनेक्सनहरू। तपाईं सम्पर्क अपलोड गर्ने सुविधा प्रयोग गर्न र लागू कानूनद्वारा अनुमति दिइएको छ भने हामीलाई हाम्रा सेवाहरूका प्रयोग र तपाईंका अन्य सम्पर्कहरूसहित तपाईंको ठेगाना पुस्तिकामा रहेका फोन नम्बरहरू नियमित रूपमा प्रदान गर्न सक्नुहुन्छ। तपाईंका कुनै पनि सम्पर्कले हाम्रा सेवाहरू प्रयोग गरिरहेका छैनन् भने हामी तपाईंका लागि ती सम्पर्कहरूले हामीद्वारा पहिचान हुन नसक्ने सुनिश्चित गर्ने तरिकाले यो जानकारी व्यवस्थापन गर्ने छौं। हाम्रो सम्पर्क अपलोड गर्ने सुविधाका बारेमा यहाँ गई थप जान्नुहोस्। तपाईं समूहहरू र प्रसारण सूचीहरू बनाउन, सामेल हुन वा थप्न सक्नुहुन्छ र त्यस्ता समूह र सूचीहरू तपाईंको खाताको जानकारीसँग सम्बन्धित हुन्छन्। तपाईंले नै आफ्ना समूहरूको नाम राख्नु हुने छ। तपाईं समूहको प्रोफाइल फोटो र समूहको विवरण प्रदान गर्न सक्नुहुन्छ।
  • स्टेटससम्बन्धी जानकारी। तपाईंले आफ्नो खातामा कुनै एक समावेश गर्न छनौट गर्नुभयो भने तपाईंले हामीलाई आफ्नो स्टेटससम्बन्धी जानकारी प्रदान गर्न सक्नुहहुन्छ। Android, iPhone, वा KaiOS मा स्टेटसको सुविधा प्रयोग गर्ने तरिका जान्नुहोस्।
  • कारोबार तथा भुक्तानीसम्बन्धी डेटा। तपाईं हाम्रो भुक्तानी सेवाहरू प्रयोग गर्नुहुन्छ वा खरिद अथवा अन्य वित्तीय कारोबारका लागि हाम्रा सेवाहरू प्रयोग गर्नुहुन्छ भने हामी भुक्तानी खाता र कारोबारसम्बन्धी जानकारीसहित तपाईंका बारेमा थप जानकारी प्रशोधन गर्छौं। भुक्तानी खाता र कारोबरसम्बन्धी जानकारीमा कारोबार पूरा गर्न आवश्यक पर्ने जानकारी समावेश हुन्छन् (उदाहरणका लागि, तपाईंको भुक्तानी गर्ने विधिका बारेमा जानकारी, ढुवानीसम्बन्धी विवरण र कारोबारको रकम)। तपाईंले आफ्नो देश वा क्षेत्रमा उपलब्ध भएका हाम्रा भुक्तानी सेवाहरू प्रयोग गर्नुहुन्छ भने हाम्रो गोपनीयता अभ्यासहरू लागू हुने भुक्तानी गोपनीयता नीतिमा वर्णन गरिएका छन्।
  • ग्राहक सेवा विभाग र अन्य कुराकानी। तपाईंले हामीलाई ग्राहक सेवामा सम्पर्क गर्नुहुन्छ वा अन्यथा हामीसँग कुराकानी गर्नुहुन्छ भने तपाईंले हामीलाई तपाईंका म्यासेजहरूको प्रतिलिपि, तपाईंले उपयोगी ठान्नुभएको कुनै पनि अन्य जानकारी र तपाईंलाई कसरी सम्पर्क गर्ने (जस्तै, इमेल ठेगाना) सहित हाम्रा सेवाहरूको प्रयोगसँग सम्बन्धित जानकारी प्रदान गर्न सक्नुहुन्छ। उदाहरणका लागि, तपाईं हामीलाई एपको कार्यसम्पादन वा अन्य समस्याहरूसँग सम्बन्धित जानकारी भएको इमेल पठाउन सक्नुहुन्छ।

स्वचालित रूपमा सङ्कलन गरिने जानकारी

  • प्रयोग र लगसम्बन्धी जानकारी। हामी हाम्रा सेवाहरूमा तपाईंका गतिविधिका बारेमा जानकारी सङ्कलन गर्छौं, जस्तै सेवा-सम्बन्धित, निदान र कार्यसम्पादनसम्बन्धी जानकारी। यसमा तपाईंको गतिविधि (तपाईंले हाम्रा सेवाहरू कसरी प्रयोग गर्नुहुन्छ, तपाईंका सेवा सेटिङ, तपाईंले हाम्रा सेवाहरू प्रयोग गरेर अरूसँग कसरी अन्तरक्रिया गर्नुहुन्छ (तपाईंले व्यवसायसँग अन्तरक्रिया गर्दा) र तपाईंको गतिविधि र अन्तरक्रियाहरूको समय, आवृत्ति र अवधि), लग फाइलहरू र निदान, क्र्यास, वेबसाइट र कार्यसम्पादनको लग र रिपोर्टहरू समावेश हुन्छन्। यसमा तपाईंले हाम्रा सेवाहरू प्रयोग गर्नका लागि दर्ता गर्दा प्रदान गर्नुभएका जानकारी, तपाईंले प्रयोग गर्नु हुने सुविधाहरू जस्तै हाम्रो म्यासेज, कल, स्टेटस, समूहहरू (समूहको नाम, समूहको फोटो, समूहको विवरणसहित), भुक्तानी वा व्यापार सुविधा, प्रोफाइल फोटो, "बारेमा" जानकारी; तपाईं अनलाइन हुनुहुन्छ वा हुँदैन, तपाईंले पछिल्लो पटक कहिले हाम्रा सेवाहरू प्रयोग गर्नुभयो (तपाईंको "अन्तिम पटक देखिएको"); र अन्तिम पटक तपाईंको "बारेमा" जानकारी कहिले अपडेट भयो भन्ने जस्ता जानकारी पनि समावेश हुन्छन्।
  • डिभाइस र कनेक्सनसम्बन्धी जानकारी। तपाईंले हाम्रा सेवाहरू इन्स्टल, एक्सेस वा प्रयोग गर्दा डिभाइस र कनेक्सनसम्बन्धी विशेष जानकारी प्रयोग गर्छौँ। यसमा हार्डवेयर मोडेल, अपरेटिङ सिस्टमसम्बन्धी जानकारी, ब्याट्री स्तर, सिग्नल शक्ति, एपको संस्करण, ब्राउजरसम्बन्धी जानकारी, मोबाइल नेटवर्क, कनेक्सनसम्ब्धी जानकारी (फोन नम्बर, मोबाइल अपरेटर वा I र हित), भाषा र समय क्षेत्र र ठेगाना, उपकरण सञ्चालनको जानकारी र पहिचानकर्ताहरू (एउटै डिभाइस वा खातासँग सम्बन्धित Meta कम्पनी उत्पादनहरूका लागि अद्वितीय पहिचानकर्ताहरूसहित) जस्ता जानकारी समावेश छन्।
  • लोकेसनसम्बन्धी जानकारी। तपाईंले स्थान-सम्बन्धित सुविधाहरू प्रयोग गर्ने छनौट गर्दा हामी तपाईंको अनुमतिमा जस्तै तपाईंले आफ्नो सम्पर्कहरूसँग आफ्नो लोकेसन सेयर गर्न निर्णय गर्दा वा नजिकका स्थानहरू वा अरूले तपाईंसँग साझेदारी गरेका स्थानहरू हेर्ने निर्णय गर्दा तपाईंको डिभाइसबाट लोकेसनको सटीक जानकारी सङ्कलन गर्छौं र प्रयोग गर्छौं। त्यहाँ लोकेसन-सम्बन्धित जानकारीसँग सम्बन्धित केही सेटिङहरू छन् जुन तपाईंले आफ्नो डिभाइस सेटिङहरू वा इन-एप सेटिङहरूमा फेला पार्न सक्नुहुन्छ, जस्तै लोकेसन सेयरिङ। तपाईंले हाम्रो लोकेसन-सम्बन्धित सुविधाहरू प्रयोग नगरे पनि हामी तपाईंको सामान्य लोकेसन (उदाहरण, सहर र देश) अनुमान गर्नका लागि IP ठेगाना र फोन नम्बरका एरिया कोडहरू जस्ता अन्य जानकारी प्रयोग गर्न सक्छौँ। हामी तपाईंको लोकेसनसम्बन्धी जानकारी निदान र समस्या निवारण गर्ने उद्देश्यका लागि पनि प्रयोग गर्छौं।
  • कुकीहरू। हामी हाम्रा वेब-आधारित सेवाहरू प्रदान गर्न, तपाईंका अनुभवहरू सुधार गर्न, हाम्रा सेवाहरू कसरी प्रयो र हेका छन् भनी बुझ्न र तिनीहरूलाई अनुकूलन गराउनसहित हाम्रा सेवाहरू सञ्चालन गर्न र प्रदान गर्न कुकीहरू प्रयोग गर्छौँ। उदाहरणका लागि, हामी वेब र डेस्कटप तथा अन्य वेब-आधारित सेवाहरूका लागि हाम्रा सेवाहरू प्रदान गर्न कुकीहरू प्रयोग गर्छौं। हामी हाम्रो मद्दत केन्द्रका लेखहरूमध्ये कुन सबैभन्दा लोकप्रिय छन् भनेर बुझ्न र तपाईंलाई हाम्रा सेवाहरूसँग सम्बन्धित सान्दर्भिक सामग्री देखाउन पनि कुकीहरू प्रयोग गर्न सक्छौं। थपमा हामी तपाईंका छनौटहरू सम्झन, जस्तै तपाईंको भाषा प्राथमिकताहरू, सुरक्षित र प्रदान गर्न र अन्यथा तपाईंको लागि हाम्रा सेवाहरू अनुकूलन गर्न कुकीहरू प्रयोग गर्न सक्छौं। तपाईंलाई हाम्रा सेवाहरू प्रदान गर्न हामीले कुकीहरू कसरी प्रयोग गर्छौं भन्ने बारेमा थप जान्नुहोस्।

माथि लगियोस्

तेस्रो पक्ष जानकारी

  • तपाईंका बारेमा अन्यले प्रदान गरेका जानकारी। हामीले तपाईंका बारेमा अन्य प्रयोगकर्ताहरूबाट पनि जाकारी प्राप्त गर्छौँ। उदाहरणका लागि, तपाईंले चिनेका अन्य प्रयोगकर्ताहरूले हाम्रा सेवाहरू प्रयोग गर्दा, त्यसरी नै आफ्नो फोन नम्बर, नाम र अन्य जानकारी (जस्तै तिनीहरूको मोबाइल ठेगाना पुस्तिकाबाट प्राप्त जानकारी) प्रदान गर्न सक्छन् जसरी तपाईंले उनीहरूका बारेमा प्रदान गर्न सक्नुहुन्छ। उनीहरूले तपाईंलाई म्यासेज पठाउन, तपाईं सामेल हुनुभएका समूहहरूमा म्यासेज गर्न वा तपाईंलाई कल गर्न पनि सक्छन्। हामीलाई यी प्रत्येक प्रयोगकर्ताहरूलाई कुनै पनि जानकारी उपलब्ध गराउनुअघि तपाईंको जानकारी सङ्कलन, प्रयोग र सेयर गर्न कानूनी अधिकार आवश्यक पर्छ।
    सामान्यतया कुनै पनि प्रयोगकर्ताले तपाईंको च्याट वा म्यासेजहरूको स्क्रिनसटहरू खिच्न वा तिनीहरूसँग तपाईंले गर्नुभएका कलहरू रेकर्डिङगर्न र सो सामग्री WhatsApp वा अरू कसैलाई पठाउन वा अर्को प्लेटफर्ममा पोस्ट गर्न सक्छन् भन्ने कुरा तपाईंले ख्याल गर्नु पर्छ।
  • प्रयोगकर्ताले गर्ने रिपोर्टहरू। तपाईंले अन्य प्रयोगकर्ताहरूलाई रिपोर्ट गर्न सके जसरी नै अन्य प्रयोगकर्ताहरू वा तेस्रो पक्षहरूले पनि हाम्रा सेवाहरूमा उनीहरूसँग वा अरूसँग तपाईंको अन्तरक्रिया र म्यासेजहरू हामीलाई रिपोर्ट गर्ने छनौट गर्न सक्छन्; उदाहरणका लागि, हाम्रा सर्तहरू वा नीतिहरूको सम्भावित उल्लङ्घनहरू रिपोर्ट गर्न। कसैले रिपोर्ट गरेमा, हामी रिपोर्ट गर्ने प्रयोगकर्ता र रिपोर्ट गरिएको प्रयोगकर्ता दुवैको जानकारी सङ्कलन गर्छौं। प्रयोगकर्ताको रिपोर्ट बनाउँदा के हुन्छ भन्नेबारे थप जान्नका लागि, कृपया उन्नत सुरक्षा र सुरक्षा सुविधाहरू हेर्नुहोस्।
  • WhatsApp मा व्यवसाय। तपाईंले हाम्रा सेवाहरू प्रयोग गरेर अन्तरक्रिया गर्नु हुने व्यवसायहरूले हामीलाई तपाईंसँग उनीहरूको अन्तरक्रियाका बारेमा जानकारी दिन सक्छन्। हामीलाई कुनै पनि जानकारी दिँदा यी व्यवसायहरूमध्ये प्रत्येकले लागू कानून पालना गर्न आवश्यक पर्छ।
    तपाईंले WhatsApp मा कुनै व्यवसायलाई म्यासेज पठाउँदा, तपाईंले सेयर गर्नुभएको सामग्री त्यो व्यवसायमा रहेका धेरै व्यक्तिहरूले देख्न सक्छन् भन्ने कुरा ध्यानमा राख्नुहोस्। यसका अतिरिक्त, केही व्यवसायहरूले आफ्ना ग्राहकहरूसँगको कुराकानी व्यवस्थापन गर्न मद्दत गर्न तेस्रो-पक्ष सेवा प्रदायकहरूसँग काम गरिरहेको हुन सक्छन् (जसमा Meta समावेश हुन सक्छ)। उदाहरणका लागि, कुनै व्यवसायले त्यस्ता तेस्रो-पक्ष सेवा प्रदायकलाई आफ्नो म्यासेज पठाउन, भण्डारण गर्न, पढ्न, व्यवस्थापन गर्न वा अन्यथा व्यवसायका लागि प्रशोधन गर्नका लागि एक्सेस गर्न दिएको हुन सक्छ। कुनै व्यवसायले तपाईंको जानकारी तेस्रो पक्ष वा Meta सँग कसरी सेयर गर्न सक्छ भन्नेसहित तपाईंको जानकारीलाई कसरी प्रोसेस गर्छ भनेर बुझ्नका लागि, तपाईंले त्यो व्यवसायको गोपनीयता नीति समीक्षा गर्नु पर्छ वा व्यवसायलाई सीधै सम्पर्क गर्नु पर्छ।
  • तेस्रो पक्षीय सेवा प्रदायकहरू। हामी हाम्रा सेवाहरू सञ्चालन गर्न, प्रदान गर्न, सुधार गर्न, बुझ्न, अनुकूलन गर्न, समर्थन गर्न र मार्केटिङ गर्न मद्दत गर्न तेस्रो-पक्ष सेवा प्रदायकहरू र Meta का अन्य कम्पनीहरूसँग काम गर्छौं। उदाहरणका लागि, हामी हाम्रा एपहरू वितरण गर्न; हाम्रो प्राविधिक र भौतिक र, डेलिभर र अन्य प्रणालीहरू; ईन्जिनियरिङ् समर्थन प्रदान गर्न, साइबर र समर्थन गर्न र परिचालन र प्रदान गर्न; स्थान, नक्सा र स्थान जानकारी आपूर्ति गर्न; भुक्तानीको प्रक्रिया अगाडि बढाउन; मानिसहरूले हाम्रा सेवाहरू कसरी प्रयोग गर्छन् भनेर बुझ्न मद्दत गर्न; हाम्रा सेवाहरू मार्केटिङ गर्न; हाम्रो सेवाहरू प्रयोग गरेर व्यवसायहरूसँग कनेक्ट हुन मद्दत गर्न; हाम्रो लागि सर्वेक्षण र अनुसन्धा र लन गर्न; सुरक्षा, रक्षा र अखण्डता सुनिश्चित गर्; र ग्राहक सेवालाई मद्दत गर्न उनीहरूसँग काम गर्छौं। यी कम्पनीहरूले निश्चित परिस्थितिहरूमा हामीलाई तपाईंका बारेमा जानकारी प्रदान गर्न सक्छन्; उदाहरणका लागि, एप स्टोरहरूले हामीलाई सेवा समस्याहरूको निदान र समाधान गर्न मद्दत गर्न रिपोर्टहरू प्रदान गर्न सक्छन्।
    तलको "हामी कसरी Meta का अन्य कम्पनीहरूसँग काम गर्छौं" भन्ने खण्डले WhatsApp कसरी Meta का अन्य कम्पनीहरूसँग जानकारी सङ्कलन र सेयर गर्छ भन्ने बारेमा थप जानकारी प्रदान गर्दछ।
  • तेस्रो पक्षका सेवाहरू। हामी तपाईंलाई तेस्रो-पक्ष सेवाहरू र Meta कम्पनीका उत्पादनहरूको सम्बन्धमा हाम्रा सेवाहरू प्रयोग गर्न अनुमति दिन्छौं। तपाईं हाम्रो सेवाहरू त्यस्ता तेस्रो-पक्ष सेवाहरू वा Meta कम्पनीका उत्पादनहरूसँग प्रयोग गर्नुहुन्छ भने हामी तिनीहरूबाट तपाईंका बारेमा जानकारी प्राप्त गर्न सक्छौं; उदाहरणका लागि, तपाईं हाम्रो सेवाहरूमा आफ्नो WhatsApp सम्पर्क, समूह, वा प्रसारण सूचीहरूसँग समाचार लेख ब्रोडकास्ट गर्न समाचार सेवामा WhatsApp को सेयर बटन प्रयोग गर्नुहुन्छ वा तपाईं मोबाइल सेवा प्रदायक वा हाम्रा सेवाहरूको डिभाइस प्रदायकको प्रवर्द्धनमार्फत हाम्रा सेवाहरू पहुँच गर्न छनौट गर्नुहुन्छ भने। तपाईंले तेस्रो-पक्ष सेवाहरू वा Meta कम्पनीका उत्पादनहरू प्रयोग गर्दा, तिनीहरूका आफ्नै सर्त र गोपनीयता नीतिहरूले ती सेवा र उत्पादनहरूको तपाईंको प्रयोगलाई नियन्त्रण गर्ने छन् भन्ने कुरा ख्याल गर्नुहोस्।

माथि लगियोस्

हामीले जानकारी प्रयोग गर्ने तरिका

हामी हाम्रा सेवाहरू सञ्चालन गर्न, प्रदान गर्न, सुधार गर्न, बुझ्न, अनुकूलन गर्न, समर्थन गर्न र मार्केटिङ गर्न हामीसँग भएको जानकारी (तपाईंले प्रदान गर्न छनौट गर्नुभएको र लागू कानूनको अधीनमा) प्रयोग गर्छौं। कसरी भन्ने कुरा यहाँ छ:

  • हाम्रा सेवाहरू। हामी ग्राहकलाई सेवा प्रदान गर्न, खरिद वा लेनदेन पूरा गर्; हाम्रा सेवाहरूलाई सुधार, फिक्सिङ र अनुकूलन गर्न; र तपाईंले प्रयोग गर्न सक्ने Meta कम्पनीका उत्पादनहरूसँग हाम्रा सेवाहरू कनेक्ट गर्ने लगायत हाम्रा सेवाहरू सञ्चालन गर्न र उपलब्ध गराउन जानकारी प्रयोग गर्छौं। मानिसहरूले हाम्रा सेवाहरू कसरी प्रयोग गर्छन् भनेर बुझ्न, हाम्रा सेवाहरूको मूल्याङ्कन र सुधार ग र नुसन्धान, विकास र नयाँ सेवा र सुविधाहरू परीक्षण; र समस्या निवारण गतिविधि सञ्चालन गर्न हामीले जानकारी पनि प्रयोग गर्छौं। तपाईंले हामीलाई सम्पर्क गर्दा हामी तपाईंलाई प्रतिक्रिया दिन पनि तपाईंको जानकारी प्रयोग गर्छौं।
  • सुरक्षा, रक्षा र अखण्डता। सुरक्षा, रक्षा र अखण्डता हाम्रा सेवाहरूको अभिन्न भाग हुन्। हामी खाता र गतिविधि प्रमाणीकरण गर्न; हानिकारक आचरण विरुद्ध लड्न; प्रयोगकर्ताहरूलाई खराब अनुभव र स्प्याम विरुद्ध सुरक्षा गर्न; र हाम्रा से र बाहिर सुरक्षा, रक्षा र अखण्डता प्रवर्द्धन गर्न, जस्तै शंकास्पद गतिविधि वा हाम्रा सर्तहरू र नीतिहरूको उल्लङ्घनको अनुसन्धान गर्न र हाम्रा सेवाहरू कानूनी रूपमा प्रयोग भइरहेको छ भनी सुनिश्चित गर्न जानकारी प्रयोग गर्छौं। थप जानकारीको लागि कृपया तलको कानून, हाम्रो अधिकार र संरक्षण खण्ड हेर्नुहोस्।
  • हाम्रा सेवाहरू र Meta कम्पनीहरूका बारेमा कुराकानी। हामी हाम्रा सेवाहरूका बारेमा तपाईंसँग कुराकानी गर्न र हाम्रा सर्त, नीति र अन्य महत्त्वपूर्ण अद्यावधिकहरूका बारेमा जानकारी गराउन जानकारी प्रयोग गर्छौं। हामी तपाईंलाई हाम्रा सेवाहरू र Meta कम्पनीहरूका लागि मार्केटिङको सुविधा उपलब्ध गराउन सक्छौँ।

  • कुनै तेस्रो-पक्षका ब्यानर विज्ञापनहरू हुँदैनन्। हामी अझै पनि हाम्रा सेवाहरूमा तेस्रो-पक्षका ब्यानर विज्ञापनहरूलाई अनुमति दिँदैनौं। हामीसँग उनीहरूको परिचय गराउने कुनै इरादा छैन तर हामीले कहिल्यै त्यसो गर्यौं भने हामी यो गोपनीयता नीति अपडेट गर्ने छौं।
  • व्यवसाय अनतक्रियाहरू। हामी तपाईंलाई र तेस्रो पक्षहरू (जस्तै व्यवसायहरू) लाई हाम्रा सेवाहरू प्रयोग गरेर एक-अर्कासँग कुराकानी गर्न र अन्तरक्रिया गर्न दिन्छौँ। जस्तै WhatsApp मा व्यवसायहरूका लागि क्याटलगहरू जसको माध्यमबाट तपाईंले उत्पादनहरू र सेवाहरू ब्राउज गर्न सक्नुहुन्छ र अर्डरहरू राख्न सक्नुहुन्छ। व्यवसायहरूले तपाईंलाई कारोबार र ढुवानीसम्बन्धी सूचना; उत्पादन र सेवा अद्यावधिकहरू; र मार्केटिङ जस्ता कुराहरू पठाउन सक्छन्। उदाहरणका लागि, तपाईंले आगामी यात्राका लागि उडानको स्थितिको जानकारी, तपाईंले खरिद गर्नुभएको कुराको रसिद वा डेलिभरी हुने बेला सूचना प्राप्त गर्न सक्नुहुन्छ। तपाईंले व्यवसायबाट प्राप्त गर्नुभएका म्यासेजहरूमा तपाईंलाई मन पर्न सक्ने कुराहरू समावेश गरिएको हुन सक्छ। हामी तपाईंलाई स्प्यामी अनुभव दिन चाहँदैनौं; तपाईंका सबै म्यासेजहरू जस्तै, तपाईंले यी कुराकानीहरू र थापन गर्न सक्नुहुन्छ र हामीले तपाईंले गर्नुभएका छनौटहरूलाई सम्मान गर्ने छौं।

माथि लगियोस्

तपाईं र हामीले सेयर गर्ने जानकारी

तपाईंले हाम्रा सेवाहरू प्रयोग र कुराकानी गर्दा तपाईंले आफ्नो जानकारी सेयर गर्नुहुन्छ र हामी हाम्रा सेवाहरू सञ्चालन गर्न, प्रदान गर्न, सुधार गर्न, बुझ्न, अनुकूलन गर्न, समर्थन गर्न र मार्केटिङ गर्न मद्दत गर्न तपाईंको जानकारी सेयर गर्छौं।

  • तपाईंले कुराकानी गर्न छनौट गर्नुभएका मानिसहरूलाई आफ्नो जानकारी पठाउनुहोस्। तपाईंले हाम्रा सेवाहरूमार्फत प्रयोग र कुराकानी गर्दा तपाईंले आफ्नो जानकारी (जानकारीसहित) सेयर गर्नुहुन्छ।
  • तपाईंको खातासँग सम्बन्धित जानकारी। तपाईंको फोन नम्बर, प्रोफाइलको नाम र फोटो, "बारेमा" जानकारी, पछिल्लो पटक हेरिएको जानकारी र म्यासेज रसिदहरू हाम्रो सेवाहरू प्रयोग गर्ने जो कोहीको लागि उपलब्ध छन्, यद्यपि तपाईंले कुराकानी गर्ने व्यवसायहरूसहित अन्य प्रयोगकर्ताहरूका लागि उपलब्ध निश्चित जानकारी व्यवस्थापन गर्न आफ्नो सेवासम्बन्धी सेटिङहरू कन्फिगर गर्न सक्नुहुन्छ।
  • तपाईंका सम्पर्क र अन्य। प्रयोगकर्ताहरू, व्यवसायहरूसहित, जससँग तपाईंले कुराकानी गर्ने मानिसहरूले हाम्रो सेवाहरूमा र बाहिर अरूसँग तपाईंको जानकारी (तपाईंको फोन नम्बर वा सन्देशहरू सहित) भण्डारण वा पुन: सेयर गर्न सक्नुहुन्छ। तपाईं हाम्रा सेवाहरू र तपाईंले सेयर गर्ने निश्चित जानकारीहरूमा तपाईं कससँग कुराकानी गर्नुहुन्छ भन्ने व्यवस्थापन गर्नका लागि हाम्रा सेवाहरूका सेटिङ र "ब्लक" गर्ने सुविधा प्रयोग गर्न सक्नुहुन्छ।
  • WhatsApp मा व्यवसाय। हामी व्यवसायहरूलाई विशेष सेवाहरू प्रदान गर्द छौं जस्तै उनीहरूलाई हाम्रो सेवाहरूको प्रयोगको सम्बन्धमा मेट्रिकहरू प्रदान गर्ने।
  • तेस्रो पक्षीय सेवा प्रदायकहरू। हामी हाम्रा सेवाहरू सञ्चालन गर्न, प्रदान गर्न, सुधार गर्न, बुझ्न, अनुकूलन गर्न, समर्थन गर्न र मार्केटिङ गर्न मद्दत गर्न तेस्रो-पक्ष सेवा प्रदायकहरू र Meta का अन्य कम्पनीहरूसँग काम गर्छौं। हामी हाम्रा सेवाहरूलाई समर्थन गर्न यी कम्पनीहरूसँग काम गर्छौं, जस्तै प्राविधिक पूर्वाधार, डेलिभरी र अन्य प्रणालीहरू प्रदान गर्न; हाम्रा सेवाहरू बजारीकरण गर्न; हाम्रो लागि सर्वेक्षण र अनुसन्धान सञ्चालन गर्न; सुरक्षा, रक्षा र प्रयोगकर्ता र अन्यको अखण्डताको रक्षा गर्न; र ग्राहक सेवालाई सहयोग गर्न। हामीले तेस्रो-पक्ष सेवा प्रदायकहरू र Meta का कम्पनीहरूसँग यस क्षमता अनुसार जानकारी सेयर गर्दा, हामी उनीहरूलाई हाम्रो निर्देशन र सर्तहरू अनुसार हाम्रो तर्फबाट तपाईंको जानकारी प्रयोग लगाउछौँ।
  • तेस्रो पक्षका सेवाहरू। तपाईं वा अन्यले हाम्रो सेवाहरूसँग एकीकृत गरिएका तेस्रो पक्षका सेवाहरू वा Meta कम्पनीका अन्य उत्पादनहरू प्रयोग गर्दा, ती तेस्रो-पक्षका सेवाहरूले तपाईं वा अन्य उनीहरूसँग के सयर गर्नुहुन्छ भन्ने बारेमा जानकारी प्राप्त गर्न सक्छन्। उदाहरणका लागि, तपाईंले हाम्रा सेवाहरू (जस्तै iCloud वा Google खाता) सँग एकीकृत डेटा ब्याकअप सेवा प्रयोग गर्नुहुन्छ भने उनीहरूले तपाईंले उनीहरूसँग सेयर गर्नुभएको जानकारी प्राप्त गर्ने छन्, जस्तै तपाईंको WhatsApp म्यासेजहरू। तपाईं हाम्रो सेवाहरूमार्फत लिङ्क गरिएको तेस्रो-पक्षको सेवा वा Meta कम्पनीको उत्पादनसँग अन्तर्क्रिया गर्नु हुन्छ जस्तै तपाईं तेस्रो-पक्ष प्लेटफर्मबाट सामग्री प्ले गर्न इन-एप प्लेयर प्रयोग गर्नुहुन्छ भने तपाईंको बारेमा जानकारी (जस्तै तपाईंको आईपी ठेगाना र तपाईं एक WhatsApp प्रयोगकर्ता हो भन्ने तथ्य) त्यस्ता तेस्रो पक्ष वा Meta कम्पनीको उत्पादनलाई प्रदान गर्न सकिन्छ। तपाईंले तेस्रो-पक्षका सेवाहरू वा Meta कम्पनीका अन्य उत्पादनहरू प्रयोग गर्दा, तिनीहरूका आफ्नै सर्त र गोपनीयता नीतिहरूले ती सेवा र उत्पादनहरूको तपाईंको प्रयोगलाई नियन्त्रण गर्ने छन् भन्ने कुरा ख्याल गर्नुहोस्।

माथि लगियोस्

हामीले Meta का अन्य कम्पनीहरूसँग काम गर्ने तरिका

Meta का कम्पनीहरू मध्ये एक भएकाले WhatsApp ले Meta का अन्य कम्पनीहरूबाट जानकारी प्राप्त गर्दछ र उनीहरूसँग जानकारी सेयर गर्दछ (यहाँ हेर्नुहोस्)। हामी तिनीहरूबाट प्राप्त जानकारी प्रयोग गर्न सक्छौं र तिनीहरूले Meta कम्पनीका उत्पादनहरू सहित हाम्रा सेवाहरू र तिनीहरूका प्रस्तावहरू सञ्चालन गर्न, प्रदान गर्न, सुधार गर्न, बुझ्न, अनुकूलन गर्न, समर्थन गर्न र मार्केटिङ गर्न मद्दत गर्न हामीले तिनीहरूसँग साझेदारी गरेको जानकारी प्रयोग गर्न सक्छौं। यसमा निम्न कुराहरू पर्छन्:

  • पूर्वाधार र वितरण प्रणाली सुधार गर्न मद्दत गर्ने;
  • हाम्रा वा उनीहरूका सेवाहरू कसरी प्रयोग गरिन्छ भनेर बुझ्न;
  • Meta कम्पनीका उत्पादनहरूमा सुरक्षा, रक्षा र अखण्डता प्रवर्द्धन गर्दै, प्रणाली सुरक्षित गर्ने र स्प्याम, धम्की, दुरुपयोग वा उल्लङ्घन गतिविधिहरू विरुद्ध लड्ने;
  • तिनीहरूका सेवा र तिनीहरूको प्रयोग गरेर आफ्ना अनुभवहरू सुधार गर्ने, जस्तै तपाईंका लागि सुझावहरू (उदाहरणका लागि, साथीहरू वा समूह जडान वा रोचक सामग्रीहरूका लागि), सुविधा र सामग्रीहरू निजीकृत गर्ने, तपाईंलाई खरिद र लेनदेनहरू पूरा गर्न मद्दत गर्ने र Meta कम्पनीका उत्पादनहरूमा सान्दर्भिक प्रस्ताव र विज्ञापनहरू देखाउने; र
  • एकीकरणहरू प्रदान गर्ने जसले तपाईंलाई आफ्नो WhatsApp अनुभवहरू अन्य Meta कम्पनीका उत्पादनहरूसँग जोडिन अनुमति दिन्छ। उदाहरणका लागि, तपाईंलाई WhatsApp मा वस्तुहरूको भुक्तानी गर्न आफ्नो Facebook Pay खाता जडान गर्न अनुमति दिने वा तपाईंको WhatsApp खाता जडान गरेर पोर्टल जस्ता Meta कम्पनीका अन्य उत्पादनहरूमा आफ्ना साथीहरूसँग कुराकानी गर्न सक्षम गराउने।

अन्य Meta का कम्पनीहरू र तिनीहरूको गोपनीयता नीतिहरूको समीक्षा गरेर तिनीहरूको गोपनीयता अभ्यासहरूका बारेमा थप जान्नुहोस्।

माथि लगियोस्

असाइनमेन्ट, नियन्त्रण परिवर्तन र स्थानान्तरण

हामी मर्जर, अधिग्रहण, पुनर्संरचना, दिवालियापन वा हाम्रा सबै वा केहि सम्पत्तिहरूको बिक्रीमा संलग्न छौं भने हामी लागू डेटा सुरक्षा कानूनअनुसार लेनदेनको सम्बन्धमा उत्तराधिकारी संस्थाहरू वा नयाँ मालिकहरूसँग तपाईंको जानकारी सेयर गर्ने छौं।

माथि लगियोस्

तपाईंको जानकारी व्यवस्थापन गर्ने र आफूसँग राख्ने

तपाईं हाम्रो इन-एप अनुरोध खाता जानकारी सुविधा (सेटिङहरू > खाताअन्तर्गत उपलब्ध) प्रयोग गरेर आफ्नो जानकारी हेर्न वा पोर्ट गर्न सक्नुहुन्छ। iPhone प्रयोगकर्ताहरूका लागि, तपाईं हाम्रो iPhone मद्दत केन्द्रका लेखहरूमार्फत आफ्नो जानकारी हेर्ने, व्यवस्थापन गर्ने र मेटाउने तरिका जान्न सक्नुहुन्छ। Android प्रयोगकर्ताहरूका लागि, तपाईं हाम्रो Android मद्दत केन्द्रका लेखहरूमार्फत आफ्नो जानकारी हेर्ने, व्यवस्थापन गर्ने र मेटाउने तरिका जान्न सक्नुहुन्छ।

हामी हाम्रा सेवाहरू प्रदान गर्न वा अन्य वैध उद्देश्यहरूका लागि, जस्तै कानूनी दायित्वहरूको पालना गर्न, हाम्रा सर्तहरू लागू गर्ने र उल्लङ्घन रोक्न वा हाम्रा अधिकारहरूको संरक्षण वा रक्षा गर्न, सम्पत्ति र प्रयोगकर्ताहरूसहित यस गोपनीयता नीतिमा पहिचान गरिएका उद्देश्यहरूका लागि आवश्यक भएसम्म जानकारी भण्डारण गर्छौं। भण्डारण अवधि केस-दर-केस आधारमा निर्धारण गरिन्छ जुन जानकारीको प्रकृति, किन सङ्कलन र प्रोसेस गरिन्छ, सान्दर्भिक कानुनी वा परिचालन अवधारण आवश्यकता र कानुनी दायित्वहरू जस्ता कारकहरूमा निर्भर हुन्छ।

तपाईं आफ्नो जानकारी थप व्यवस्थित गर्न, परिवर्तन गर्न, सीमित गर्न वा मेटाउन चाहनुहुन्छ भने तपाईं निम्न उपकरणहरूमार्फत ती कार्यहरू गर्न सक्नुहुन्छ:

  • सेवासम्बन्धी सेटिङ। तपाईं अन्य प्रयोगकर्ताहरूको लागि उपलब्ध निश्चित जानकारी व्यवस्थापन गर्न आफ्नो सेवासम्बन्धी सेटिङ परिवर्तन गर्न सक्नुहुन्छ। तपाईं आफ्ना सम्पर्क, समूह र प्रसारण सूचीहरू व्यवस्थापन गर्न वा तपाईंले कुराकानी गर्ने प्रयोगकर्ताहरूलाई व्यवस्थापन गर्न हाम्रो "ब्लक" सुविधा प्रयोग गर्न सक्नुहुन्छ।
  • आफ्नो मोबाइल फोन नम्बर, प्रोफाइल नाम र तस्विर र "बारेमा" जानकारी परिवर्तन गर्ने। तपाईंले आफ्नो मोबाइल फोन नम्बर परिवर्तन गर्नुभयो भने तपाईंले यसलाई हाम्रो इन-एप “नम्बर परिवर्तन गर्ने” सुविधा प्रयोग गरेर अपडेट गर्नु पर्छ र आफ्नो खातालाई आफ्नो नयाँ मोबाइल फोन नम्बरमा ट्रान्सफर गर्नु पर्छ। तपाईं जुनसुकै समयमा आफ्नो प्रोफाइल नाम, प्रोफाइल फोटो र "बारेमा" जानकारी पनि परिवर्तन गर्न सक्नुहुन्छ।
  • आफ्नो WhatsApp खाता मेटाउने। हाम्रो इन-एप “मेरो खाता मेटाउनुहोस्” सुविधा प्रयोग गरी तपाईं जुनसुकै बेला (तपाईं लागू कानूनबमोजिम आफ्नो जानकारीको प्रयोगमा तपाईंको सहमति रद्द गर्न चाहनुहुन्छ भने) आफ्नो WhatsApp खाता मेटाउन सक्नुहुन्छ। तपाईं आफ्नो WhatsApp खाता मेटाउनुहुन्छ भने तपाईंका डेलिभर नगरिएका म्यासेजहरू हाम्रो सर्भरबाट मेटाइन्छ, साथै हामीलाई तदुपरान्त हाम्रा सेवाहरू सञ्चालन गर्न र प्रदान गर्न आवश्यक नपर्ने तपाईंको कुनै पनि अन्य जानकारी मेटाइन्छ। तपाईंको खाता मेटाउँदा उदाहरणका लागि, तपाईंको खाता जानकारी र प्रोफाइल फोटो मेटाउइने छ, तपाईंलाई सबै WhatsApp समूहहरूबाट निकालिने छ र तपाईंको WhatsApp म्यासेज इतिहास मेटाइने छ। तपाईंले हाम्रो इन-एप “मेरो खाता मेटाउनुहोस्” सुविधा प्रयोग नगरी आफ्नो डिभाइसबाट WhatsApp मात्र मेटाउनुभयो भने तपाईंको जानकारी हामीसँग लामो अवधिसम्म भण्डारण गरिने छ। तपाईं आफ्नो खाता मेटाउनुहुन्छ भने, यसले तपाईंले सिर्जना गरेका समूह वा अन्य प्रयोगकर्ताहरूसँग भएका तपाईंको सम्बन्धित जानकारी, जस्तै तपाईंले पठाउनुभएका म्यासेजहरूको प्रतिलिपि जस्ता तपाईंको जानकारीलाई असर गर्दैन।

तपाईं यहाँ गई हाम्रो डेटा मेटाउने र आफूसँग राख्नेसम्बन्धी अभ्यासहरू र आफ्नो खाता मेटाउने तरिकाबारे थप जान्न सक्नुहुन्छ।

माथि लगियोस्

कानून, हाम्रा अधिकारहरू र सुरक्षा

हामीले माथिको गोपनीयता नीतिको "हामीले सङ्कलन गर्ने जानकारी" खण्डमा वर्णन गरेअनुसार तपाईंको जानकारी हामीलाई यो आवश्यक पर्छ भन्ने कुरमा विश्वास भएमा निम्न अवस्थामा पहुँच, संरक्षण र साझेदारी गर्छौं: (क) लागू कानून वा नियम, कानूनी प्रोसेस वा सरकारी अनुरोधहरूअनुसार प्रतिक्रिया दिन; (ख) सम्भावित उल्लङ्घनहरूको अनुसन्धानसहित हाम्रा सर्त र अन्य लागू हुने सर्त र नीतिहरू लागू गर्न; (ग) जालसाजी र अन्य गैरकानूनी गतिविधि वा सुरक्षा, र प्राविधिक समस्याहरू पत्ता लगाउन, अनुसन्धान गर्न, रोक्न वा सम्बोधन गर्न; वा (घ) मृत्यु वा आसन्न शारीरिक हानि रोक्नसहित हाम्रा प्रयोगकर्ता, WhatsApp, Meta का अन्य कम्पनीहरू वा अन्यको अधिकार र सम्पत्ति सुरक्षा गर्न।

माथि लगियोस्

हाम्रो विश्वयापी व्यवसाय सञ्चालन

WhatsApp ले यो गोपनीयता नीतिअनुसार विश्वव्यापी रूपमा (आन्तरिक रूपमा Meta का कम्पनीहरू भित्र र बाह्य रूपमा हाम्रा साझेदार र सेवा प्रदायक र तपाईंले संसारभरि सञ्चार गर्नेहरूसँग) जानकारी सेयर गर्दछ। तपाईंको जानकारी उदाहरणका लागि, संयुक्त राज्य अमेरिका; देश वा क्षेत्रहरू र Meta का कम्पनीहरूको सम्बद्ध र साझेदारहरू रहेका स्थानमा वा हाम्रा सेवा प्रदायकहरू अवस्थित भएका स्थान; वा विश्वव्यापी रूपमा कुनै पनि अन्य देश वा क्षेत्र जहाँ हाम्रा सेवाहरू यस गोपनीयता नीतिमा वर्णन गरिएअनुसार उद्देश्यहरूका लागि तपाईं बस्ने ठाउँभन्दा बाहिर प्रदान गरिने स्थानमा ट्रानस्फर वा प्रसारण वा भण्डारण र प्रोसेस गर्न सकिन्छ। WhatsApp ले संयुक्त राज्य अमेरिकासहित Meta को विश्वव्यापी पूर्वाधार र डेटा केन्द्रहरू प्रयोग गर्दछ। यी ट्रान्सफरहरू हाम्रा सर्तहरूमा उल्लिखित विश्वव्यापी सेवाहरू प्रदान गर्न आवश्यक छन्। तपाईंको जानकारी ट्रान्सफर गरिएका देश वा क्षेत्रहरूमा तपाईंको गृह देश वा क्षेत्रमा रहेकोभन्दा फरक गोपनीयता कानून र सुरक्षा हुन सक्छ भन्ने कुरा कृपया ख्याल गर्नुहोस्।

माथि लगियोस्

हाम्रो नीतिमा गरिएका संशोधनहरू

हामी हाम्रो गोपनीयता नीति संशोधन वा अपडेट गर्न सक्छौँ। हामी तपाईंलाई यस गोपनीयता नीतिमा उपयुक्त भएमा संशोधनको सूचना प्रदान गर्ने छौं र यस गोपनीयता नीतिको शीर्षमा "लागू हुने मिति" अपडेट गर्ने छौं। कृपया समय-समयमा हाम्रो गोपनीयता नीतिको समीक्षा गर्नुहोस्।

माथि लगियोस्

संयुक्त राज्य अमेरिकाका बासिन्दाहरूको गोपनीयताको अधिकार

तपाईं यहाँ संयुक्त राज्य क्षेत्रीय गोपनीयता सूचनाको समीक्षा गरेर, तपाईंलाई उपलब्ध हुन सक्ने उपभोक्ता गोपनीयता अधिकारहरूका बारेमा थप जान्न सक्नुहुन्छ।

माथि लगियोस्



हामीलाई सम्पर्क गर्नुहोस्

तपाईंसँग हाम्रो गोपनीयता नीतिका बारेमा कुनै समस्या वा प्रश्न छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस्।

WhatsApp LLC

गोपनीयता नीति

1601 Willow Road

Menlo Park, California 94025

संयुक्त राज्य अमेरिका

माथि लगियोस्

Download
WhatsApp Main Logo
WhatsApp Main Logo
Download

What we do

FeaturesBlogSecurityFor Business

Who we are

About usCareersBrand CenterPrivacy

Use WhatsApp

AndroidiPhoneMac/PCWhatsApp Web

Need help?

Contact UsHelp CenterAppsSecurity Advisories
Download

2025 © WhatsApp LLC

Terms & Privacy Policy
Sitemap